२९ जेष्ठ २०८३, शुक्रबार

अब सिंहदरबार सबै आमनागरिकका लागि खुल्ला हुनेछ : गृहमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गर्नुभएको छ ।

शुक्रबार आफूले कार्यकालको सय दिन पूरा गरेको सन्दर्भमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने, आफ्नो मान्छे भित्र भएमात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्यका लागि आम जनताको लागि सिंहदरबार खुला गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र थियो । आफ्ना मान्छे भएकाहरुले मात्र छिर्न पाउने थियो । अब सिंहदरबार छिर्न काम हुनु पर्छ, नागरिकता हुनुपर्छ । अब सिंहदरबार छिर्नका लागि कसैलाई चिन्नुपर्दैन । आफ्नो मान्छे भित्र भएमात्र फोन गरेर काम गर्न पाउँने त्यसलाई अन्त्य गर्ने हाम्रो प्रयास हो । पहुँचवालाले सिफारिस गर्नुपर्दैन । सुरक्षित तरिकाले आम नेपालीका लागि अब सिंहदरबार खुला छ ।’

यस्तै उहाँले अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिने पनि जानकारी दिनुभयो । गृह मन्त्रालय अन्तर्गतका निकायमा भोली देखिनै क्यूआर कोड राखिने र सो क्यूआर स्क्यान गर्ने बित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्री कहाँ पु¥याउन सकिने व्यवस्था गरिने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकले भन्ने गर्नुहुन्छ नि कहिले काँही मेरो उजुरी लिएन, प्रहरीले मेरो कुरा सुनेन, कर्मचारीले सुनेन भन्ने कुरा उहाँहरुले सुनाउन कहाँ जाने त ? अब त्यस्तो सिँधै गृहमन्त्रीलाई भन्न सकिन्छ । राम्रोदेखि नराम्रा अनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईंले क्यूआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पु¥याउन सक्नेगरी व्यवस्था मिलाएका छौं । भोलीबाट धेरैभरीका सबै कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् भन्ने क्यूआर कोड टाँसेको देख्न सक्नुहुन्छ ।’,