३ श्रावण २०८३, आइतबार

प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा ८ अवार्ड जित्यो

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । विगत १० वर्ष देखि अन्तरराष्ट्रिय एअरलाईन्स् टिकेटिङ् सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाईन्स्बाट गएको ६ महिनामा ८ अवार्ड जित्न सफल भएको छ ।

टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्सबाट विभिन्न विधामा प्रवास ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो ।

आफ्नो स्थापना कालदेखि निरन्तर विभिन्न किसिमका अवार्डहरु प्राप्त गर्न सफल प्रवास ट्राभल एण्ड टुर्सले २०२३ र २०२४ मा विभिन्न अन्तर्राष्ट्रिय एअरलाईन्सको एअर टिकट विक्री गर्दाको संख्या, मूल्य र सेवाका आधारमा विभिन्न वायुसेवा कम्पनीले प्रदान गर्ने अवार्ड जित्ने क्रममा यो उपलब्धि हासिल गर्न सफल भएको हो ।

हालै आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाएको प्रवास ट्राभल एण्ड टुर्सले आफ्नो अनलाईन ट्राभल पोर्टल फ्लाईट्स नेपाल डटकमको सेवामा थप अभिवृद्धि गरेको छ भने प्रवास होलिडेज्को स्थापना तथा सञ्चालनसमेत सुरु गरेको छ । थप विशेषता र अतिरिक्त सुविधासहित सञ्चालनमा ल्याइएको ट्राभल पोर्टल फ्लाईट्स नेपाल डटकमबाट विश्वभरको जुनसुकै कुनमा बसेर सजिलै अन्तर्राष्ट्रिय तथा डोमेस्टिक एअर टिकट खरिद गर्न सकिनेछ भने आवश्यक परेको खण्डमा २४ घण्टा ग्राहक सेवा उपलब्ध रहेको प्रवास ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक प्रकास लोहनीले जनाउनुभएको छ ।

सस्तो एयर फेयर, अधिक क्यास ब्याक, विभिन्न अफर तथा छुटहरू, सेवामा बलियो प्रतिबद्धतालगायतका कारणहरूले प्रवास ट्राभल विश्वसनीय बन्न सफल भएको उहाँको भनाइ छ ।

कम्पनीले विभिन्न एअरलाईन्सहरुसँगको सहकार्यमा स्टुडेण्ट फेयर, बढी ब्यागेज जस्ता आकर्षक अफरहरू ल्याउने गरेको छ ।