२८ जेष्ठ २०८३, बिहिबार

फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई मत दिएपछि मन्त्री बनेका देवकोटा पदमुक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३२ जेठ । गण्डकी प्रदेशका सांसद एवम् ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त हुनुभएको छ ।

माओवादी केन्द्रले कारबाही गरेको पत्र सभामुख कृष्ण धितालले संसदमा बढेर सुनाएसँगै देवकोटा सांसद र मन्त्री दुवै पदबाट पदमुक्त हुनुभएको हो ।

नेपाल समाजवादी पार्टीका सांसद देवकोटा नेकपा माओवादी केन्द्रको चुनावबाट विजयी हुनुभएको थियो । उहाँले माओवादी केन्द्रको ह्वीप उल्लंघन गर्दे यहि जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत लिनुभएको थियो ।

फ्लोर क्रस गर्दै विश्वासको मत दिएपछि उहाँ मन्त्री नियुक्त हुनुभएको थियो ।