१५ कार्तिक २०८३, आइतबार

यस्तो छ रक्षामन्त्रीको एकसय दिनको कार्यप्रगति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले मन्त्री भएको एकसय दिनमा गरेका कामको विवरण सार्वजनिक गर्नु भएको छ । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कार्यविवरण सार्वजनिक गर्नुभएको हो ।

उप्रेतीले महालेखा परीक्षकबाट कायम भएको बेरुजु रकममध्ये तीन करोड ७७ लाख ४८ हजार रुपैंयाँ असुलउपर भएको, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार विकास समिति (चौथो संशोधन) गठन आदेश, २०८० नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको, नेपाली सेनामा मानार्थ बढुवा र विशेष बढुवा सम्बन्धी कार्यविधि २०८० कार्यान्वयनमा ल्याइएको,काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनानिर्माण कार्य प्रारम्भ भएको दाबी गर्नुभएको छ ।

त्यस्तै उहाँले कोशी कोरिडोर अन्तर्गत खाँदबारी किमाथांका सडक आयोजना अन्तर्गत कुल ८ दशमलव १० किलोमिटर नयाँ ट्र्याक सम्पन्न गरिएको, दार्चुला–टिङ्कर सडक आयोजना अन्तर्गत कुल १२ दशमलव ७२ किलोमिटर नयाँ नयाँ ट्र्याक निर्माण सम्पन्न गरिएको ,समष्टिगत प्रगति विवरण सार्वजनिक गर्दै भौतिक प्रगतिः ३४.८२ प्रतिशत र वित्तिय प्रगतिः ३६.०७ प्रतिशत रहेको बताए । त्यस्तै उनलेसुरुङ निर्माण कार्य प्रगतिकोआयोजना अन्तर्गत रहेका ६ वटा सुरुङहरुको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

त्यस्तै जम्मा ८९ स्थानमा रहेका पुलहरु मध्ये ८५ स्थानका पुलहरु निर्माणका लगि खरिद सम्झौता सम्पन्न भएको, हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँच वटा पुलहरुको निर्माण कार्य सम्पन्न भएको, आयोजना निर्माणको क्रममा हालसम्म ३१ हजार सात सय ४३ वटा रुखहरु कटान सम्पन्न भएको पनि उहाँको भनाई छ ।