
पोखरा, ३२ जेठ । नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ ।
माओवादी केन्द्रको ह्वीप अटेर गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएका देवकोटालाई माओवादीले कारबाही गरेको हो ।
नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिनुभएको थियो । कारबाही गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले आजै प्रदेशसभाबाट पढेर सुनाउने तयारी गर्नुभएको छ ।
सभामुखले सभामा पढेर सुनाएसँगै देवकोटा पदमुक्त हुनुहुनेछ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि उहाँ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त हुनुभएको थियो ।









प्रतिक्रिया