१३ असार २०८३, शनिबार

एकीकृत समाजवादीको अपानी- एमालेसँगको विद्रोहको औचित्य पुष्टि गर्ने बेला आयो (पूर्णपाठ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । महाधिवेशनको संघारमा रहेका नेकपा एकीकृत समाजवादीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माणको औचित्यलाई पुष्टि गर्ने बेला आएको जनाएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन अघि अन्तरपार्टी निर्देशन जारी गर्दै तेत्तिस महिनाअघि एमालेबाट छुुट्टिएर कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन गरेको प्रयत्नको औचित्य पुष्टि गर्नुपर्ने बेला आएको बताउनु भएको हो ।

‘हामीले आजभन्दा तेत्तिस महिना पहिले दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद तथा लोकतन्त्र विरोधी प्रवृत्तिका विरुद्ध विद्रोह गर्दै समाजवादी कार्यदिशा र कार्यक्रमका साथ अघि बढ्ने उद्घोष गरेका थियौँ। हाम्रो विद्रोहले नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको एउटा चुनौतीपूर्ण ऐतिहासिक अभिभारा बोकेका छ। दक्षिणपन्थी यथास्थितिवादबाट मुक्त गर्दै समाजवादको दिशामा सम्पूर्ण कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूलाई गोलबन्द गर्नु र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने असाधारण जिम्मेवारी हाम्रो काँधमा आएको छ। यस पार्टीका हामी हरेक सदस्यले आ–आफ्नो कार्यक्षेत्रमा आजका अनेकन समस्या र चुनौतीहरूको सामना गर्दै सिंगो कम्युनिष्ट आन्दोलनलाई सही कार्यदिशाका आधारमा एकताबद्ध बनाउने र नेपालमा समाजवादको भविष्यलाई सुनिश्चित गर्न हामी आफैले कबुल गरेका प्रतिवद्धताहरू हुन्। अहिले हामी महाधिवेशनबाट विद्रोहको आवश्यकता र हाम्रा प्रयासहरूको समीक्षा तथा विद्रोह गर्दा नै अवलम्बन गरिएका समाजवादी लक्ष्य, कार्यदिशा र नीतिको अनुमोदन गर्दै नेपाली विशेषताको समाजवादी कार्यक्रम निर्माण गर्ने बिन्दुमा आइपुगेका छौँ,’ जारी अन्तरपार्टी निर्देशनमा भनिएको छ।

एकीकृत समाजवादीको १०औँ महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।