
काठमाडौं, ३२ जेठ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने सुझाव दिनु भएको छ ।
आज प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बजगाईले बनिरहेको संसद् भवनमा ‘बार’ निर्माण गर्न सुझाव दिनु भएको हो ।
उहाँले भन्नुभयो, ‘अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ । सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि रु यसमा ध्यानाकृष्ट गर्न चाहेको ।,’
उहाँले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया