८ असार २०८३, सोमबार

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ३२ जेठ । नेकपा (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ ।

काउछा ३८४ प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका प्रतिष्पर्धी हीरा एसीले २०२ मत प्राप्त गर्नुभयो । काउछा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यसैगरी जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित हुनुभयो । गत मङ्गलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो ।

अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।