२० असार २०८३, शनिबार

दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जान्छौँ : कप्तान पौडेल

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जाने बताउनुभएको छ ।

दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउँदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताउनुभएको छ । दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको र वेस्ट इन्डिजको कन्डिसन बारे आफूहरु स्पष्ट नभएको बताउँदै कप्तान रोहितले आफूहरुले कन्डिसन एडप्ट गरेर खेल्ने बताउनुभयो । उहाँले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताउनुभयो ।

रोहितले दक्षिण अफ्रिकाको खेलमा १६० रन बनाउन सके राम्रो टोटल हुने बताउँदै सन्दीपको आगमनले नेपालको बलिङ युनिट राम्रो भएको बताउनुभयो ।

आफूहरु दक्षिण अफ्रिकासँग जित्ने मनसायले नै मैदानमा जाने बताउँदै सबै खेलाडी उत्साहित रहेको बताउनुभयो । रोहितले स्किल दक्षिण अफ्रिकाको राम्रो भएपनि हामीले हाम्रो उत्कृष्ट खेल खेलेमा दक्षिण अफ्रिकालाई हराउन सकिने बताउनुभयो । टेस्ट क्रिकेट खेल्ने देशलाई हराउन एक दुई जनाको प्रदर्शनले जित्न नसकिने बताउँदै उहाँले सबै खेलाडीले एक टिम भएर खेल्नुपर्ने बताउनुभयो ।

नेपाली फ्यानले नतिजा जस्तो आएपनि समर्थन गरिरहेको बताउँदै रोहितले आफूहरुले भविष्यमा पनि लगातार समर्थन पाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले समूह ‘डी’ अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५ः१५ बजेदेखि खेल्दै छ । यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आरनोस भाल स्टेडियममा हुँदै छ ।