
काठमाडौं । जारी टी-२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदै छन् । आज समूह ‘सी’अन्तर्गत अफगानिस्तान र पीएनजीबीच हुदै छन् ।
ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुँदैछ ।
जारी विश्वकपमा अफगानिस्तानले लगातर दुई खेल जितेर ४ अंकसहित समूह ‘सी’मा दोस्रो स्थानमा रहेको छ । अफगानिस्तानले यो खेल जितेमा सुपर आठमा पुग्ने छ । त्यस्तै, पिएनजीले भने लगातार दुई खेलमा हार बेहोरेको छ ।
समूह ‘सी’मा वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर सुपर आठमा पुगिसकेको छ । त्यस्तै, युगान्डाले ३ खेलमा एक खेल जितेको छ भने न्यूजील्याण्डले २ खेलमा लागातर हार बेहोरेको छ ।
त्यस्तै, आज दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुँदै छ । फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि हुँदैछ ।
समूह ‘ए’अन्तर्गत अमेरिकाले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ । अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिश्चित गर्ने छ ।
त्यस्तै, आयरल्याण्डले भने यस अघि लगातार दुई खेलमा हार बेहोरेको छ ।









प्रतिक्रिया