२२ असार २०८३, सोमबार

जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षामा ८ जना मात्रै उत्तीर्ण (सूचीसहित)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । ४३ जना जिल्ला न्यायाधीसका लागि लिइएको परीक्षमा ८ जना मात्रै उत्तीर्ण भएका छन् ।

न्याय सेवा आयोगले गत बैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा जम्मा ८ जना पास भएका हुन् । आयोगले आन्तरिक खुला, खुला, महिला, आदिवासी जनजाति, मधेशी र अपाङ्गता भएको समूह अन्तर्गत ४३ पदका लागि विज्ञापन गरेको थियो।

आयोगले आज नतिजा सार्वजनिक गरेको हो । उत्तीर्ण हुनेहरुमा अन्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाई, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, बसन्तराज जोशी र मनिराम ज्ञवाली रहनु भएको छ ।