९ असार २०८३, मंगलबार

महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला, घटना शंकास्पद

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ३१ जेठ । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान झुन्डिएको अवस्थामा फेला पर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार आज करिब २ बजेको समयमा आफनै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला पर्नुभएको हो ।

घट्नाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएपनि घटना शंकास्पद रहेको बताइएको छ । घटनास्थलमा प्रहरीले पत्रकारलाई समेत रोक लगाएको छ । बाँके जिल्ला घर भएकी सुनुवारको जिल्लास्थित कर्जन्हा प्रहरी चौकिमा दरबन्दी रहेपनि काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्थ्यो।

प्रहरीले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।