२८ जेष्ठ २०८३, बिहिबार

काँग्रेसले गिरीबन्धु टी-स्टेटको जग्गा बेचेर खान नपाउने भएपछि स्यालहुँइया मच्चायो : केपी ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले एमालेलाई बदनाम गर्न अनेक आरोप लगाउने गरेको बताउनुभएको छ ।

आज भक्तपुरमा एमाले भक्तपुर जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले कहिले पशुपतिको जलहरी, कहिले कम्बोडियाको टेलिकममा लगानी र अहिले गिरीबन्धु टी स्टेटको जग्गालाई जोडेर बदनाम गर्ने प्रयास भइरहेको बताउनुभएको हो ।

गिरीबन्धु टी स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर आफूहरूले कानून बनाउँदा नियम कानूनभित्र बस्नुपर्‍यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुँइया मच्चाएको उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले गिरीबन्धु टि-स्टेट भनेर जानेका छन् । कराएका छन् । गिरीबन्धु टि-स्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिघा गरेर ७० बिघा कानून, नियमविना बलजफ्ती बिक्री गरेर खाएका थिए । तीनै तत्वहरुले खाएका थिए । गिरीबन्धु टी स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानून हामीले बनायौं, कानून बनाएपछि नियम कानूनभित्र बस्नुपर्‍यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुँइया मच्चाएका छन् । केपी ओलीले त्यो र यो गर्‍यो भनेर । यो किन हुन्छ भने हाम्रो पार्टीसँग ! १ एउटा सिन्को भाँचेको छ, यिनीहरूले देशका लागि ?,’।

अध्यक्ष ओलीले देशको निर्णय गर्ने ठाउँमा, निर्णायक ढंगले राष्ट्रको स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डता, हाम्रो स्वतन्त्रता, राष्ट्रिय हितहरु, त्यसको रक्षा गर्नसक्ने गरी, देशमा सुशासन गर्नसक्ने गरी देशलाई विकासको बाटोमा अगाडि बढाउनसक्ने गरी भिजिनरी, देशभक्त जनपक्षिय, जनताको शक्तिलाई राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न चाहेको स्पष्ट पार्नुभयो । यही कुरा हुन नदिनका लागि एमालेको बारेमा, मिथ्या, अनर्गल प्रचार प्रसार गर्ने, झूटो बोल्ने काम भएका उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अनेकथरी, एकपछि अर्को निस्किन्छ । एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ । एउटा करायो, पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढायो, केपी ओलीले पित्तल चढायो, छानबिन गरी पाउँ भनेर । पशुपतिमा चढाएको जलाहरी भत्काएर, तौलिएर, सुन हो की होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ? १०८ केजी सुनवाला कहाँ गयो त्यो । अर्को करायो एउटा । कम्बोडियामा तीन हजार करोड लगेर टेलिकममा राखेको छ रे । कहाँ गयो, त्यो अचेल, फिर्ता ल्याए भयो नि, त्यो पैसा । उनीहरुको सरकार थियो, अस्तिसम्म । किन ल्याएन फिर्ता ?,’।