१५ असार २०८३, सोमबार

जसपा नेपालको नेतृत्व सहमतिबाटै चुनिने, सबै उम्मेदवारी फिर्ता

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ३१ जेठ । जनता समाजवादी पार्टी नेपालको पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको मतदानबाट प्रक्रिया स्थगित भएको छ ।

अब सबै पदको चयन सहमतिबाट हुने भएको छ भने पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरेर सबै पदमा सहमतिबाट चयन गर्ने हुनु भएको छ । यादव भने यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । अब अध्यक्षले पदाधिकारीको नाम महाधिवेशन हलमा प्रस्तुत गर्ने त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको छ ।

यस अघि आज १२ बजेदेखि नै केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको मतदान हुने तय गरिएको थियो । जसपा नेपालमा २१ जना पदाधिकारीसहित २०१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था रहेको छ ।

एक सहअध्यक्ष पदका लागि राजकिशोर यादव, मो। लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराउनु भएको थियो । यस्तै पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो। खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराउनु भएको थियो ।

त्यस्तै एक महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिनु भएको थियो । त्यस्तै दुई महासचिवका लागि मनिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादवसहित ६ जनाले मनोनयन दर्ता गराउनुभएको थियो । एक महिला र २ पुरुष उपमहासचिव पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।