३१ जेष्ठ २०८३, आइतबार

भारत टी-२० विश्वकपको सुपर आठमा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।

गएराति सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अमेरिकाले दिएको १११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । भारतको जितमा सूर्यकुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए ।

यसअघि अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभर ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए भने स्टिभन टेलरले २४ रन बनाएका थिए ।

यो जितपछि समूह ‘ए’बाट भारत ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र सुपर आठमा पुगेको छ ।

त्यस्तै, अमेरिकाको भने ३ खेलमा ४ अंक रहेको छ ।

अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।