२८ असार २०८३, आइतबार

बढ्यो पाउण्ड र युरोको भाउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ । बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ । बुधबार युरो एकको खरिददर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रीदर १७० रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो पाउण्डको खरिददर १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो ।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।