२३ जेष्ठ २०८३, शनिबार

काठमाडौं महानगरद्वारा सिंहदरबारभित्रका क्यान्टिनबाट पाँचजना बाल श्रमिकको उद्वार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रका चमेना गृह क्यान्टिनबाट पाँचजना बाल श्रमिकको उद्वार गरेको छ ।

महानगरको बाल उद्धार टोलीले तीनवटा मन्त्रालयको क्यान्टिनमा काम गरिरहेका पाँचजना बालबालिकाको उद्वार गरेको हो ।

टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको केन्द्रीय चमेना गृहबाट तीन जना बालिका, ऊर्जा तथा जलस्रोत मन्त्रालयको १ जना बालक र उद्योग तथा बाणिज्य मन्त्रालयको क्यानटिनबाट १ जना बालक गरी पाँच जना बालबालिकाको उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकालाई संरक्षण गृहमा रािखएको छ । महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाएको पाइएपछि बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ।