
काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
उहाँहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्तापछि बाहिरिने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको भेट राम्रो भएको प्रतिक्रिया दिनुभयो ।
उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।











प्रतिक्रिया