१८ असार २०८३, बिहिबार

टीकापुर घटनामा राज्यले क्षतिपूर्तिसहित माफी माग्नुपर्छ : रेशम चौधरी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीले टीकापुर घटनामा जबर्जस्ती थारुहरुलाई दोषी बनाइएको भन्दै उनीहरुलाई राज्यले उचित क्षतिपूर्ति दिएर माफी माग्नुपर्ने बताउनु भएको छ । सँगै मञ्चमा आसिन गृहमन्त्री रवि लामिछानेलाई उल्लेख गर्दै चौधरीले भन्नुभयो, ‘टीकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्ति सहित राज्यले माफी माग्ने बन्दोबस्त गर्नुहोस् । हाम्रो के अपराध थियो ? जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पु¥यायो, त्यो साढे ८ वर्ष जेलको कालकोठरीमा बस्नुपर्ने ?’

काठमाडौंमा बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवस कार्यक्रममा चौधरीले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताउनु भएको हो । उहाँले गिरीशचन्द्र लाल नेतृत्वको आयोगमा उक्त विवरण रहेको समेत प्रष्ट पार्नुभयो । ‘टीकापुर घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौं । टीकापुरको अब नाम भन्ने बेला आएको छ,’ चौधरीले भन्नुभयो ।

यस्तै, चौधरीले आफू र श्रीमती रञ्जिता श्रेष्ठ बीचको सम्बन्धमा समेत फाटो ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल लागेको भन्दै उहाँलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको भन्दै कटाक्ष गर्नुभयो । ‘दुई–चार महिनादेखि हाम्रो घरमा आगो लगाइदिए यिनीहरुले । लोग्ने–स्वास्नीको बीचमा फाटो ल्याउन लाग्ने राजनीतिक दलले देशको विकास गर्लान ? कस्तो नैतिकता, हाम्रो प्रधानमन्त्रीको बडा फुर्सद । प्रधानमन्त्रीलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको छ मलाई,’ चौधरीले भन्नुभयो ।

यस्तै चौधरीले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखद भएको गुनासो गर्नुभयो । ‘महाधिवेशन नै नगर्ने पार्टीहरु वैध, पुसको कठ्यांग्रिने जाडोमा जनताहरु आएर गरेको महाधिवेशन अवैध ?’ उहाँले प्रश्न गर्नुभयो ।

उहाँले समानुपातिक निर्वाचन प्रणाली उचित नभएको तर्क पनि गर्नुभयो । थारुलाई जोगाउनुपर्ने बताउनु भएका उहाँले नजिस्क्याउन पनि चेतावनी दिँदैटीकापुर घटना घुसपैठ नभएरराज्यको सुनियोजित षड्यन्त्र भएको आरोप लगाउनुभयो ।

उहाँले जेलमा आफूलाई माओवादी नेताले नै त्यसको पुष्टि गरेको उल्लेख गर्दै भन्नुभयो, ‘कृष्णबहादुर महराजीले जेलमा भन्नुभएको छ, ‘एक ठाउँमा युद्ध नगरे संविधान जारी हुँदैन थियो रेशमजी, ठाउँको खोजी हुँदै थियो टीकापुर भयो, अच्छा भयो ।’