२३ जेष्ठ २०८३, शनिबार

शिशिर योगीको नयाँ गीत ‘तिमी बन्नु मेरो सहारा’ सार्वजनिक

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । वरिष्ठ गायक शिशिर योगीको स्वरमा रहेको ‘तिमी बन्नु मेरो सहारा’ बोलको गीत सार्वजनिक भएको छ ।

‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका श्रष्टा शिशिर योगीको स्वरमा रहेको ‘तिमी बन्नु मेरो सहारा’का शब्द संकलक हरिहर तिमिल्सिना रहनुभएको छ । गीतमा संगीत पनि योगीकै रहेको छ ।

वरिष्ठ सेक्सोफोन बादक अमुल कार्की ढलीको संगीत संयोजन रहेको गीतमा गितार बादक संजीव बराइली हुनुहुन्छ । लोकेश भाटले भिडिओ मेकिङ गरेको गीतलाई वर्ल्ड कभर मिडिया प्रालिले प्रोडक्सन गरेको हो ।

शिशिर योगी युट्युव च्यानलबाट गीत बजारमा ल्याइएको हो । नविन खालको प्रेमाभाव मिश्रित गीत भएकाले राम्रो चर्चा बटुल्ने विश्वास योगीले लिनुभएको छ ।