९ असार २०८३, मंगलबार

प्रभु बैंकको १ लाख ६९ हजार कित्ता शेयर बिक्रीमा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा राखेको हो । यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।