
काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । मंगलबार डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसाका दरले कारोबार भएको थियो ।
यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ । मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९१ पैसा रहेको थियो ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर १७० रुपैयाँ ७३ पैसा रहेको छ । मंगलबार पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १९ पैसा रहेको थियो ।
यस्तै, आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।








प्रतिक्रिया