१७ असार २०८३, बुधबार

टी-२० विश्वकपः नेपाल र श्रीलंका भिड्दै

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । जारी आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग खेल्दैछ ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।

समूह ‘डी’मा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुपर आठको सम्भावना जीवितै राख्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

यता लगातार दुई खेलमा पराजित श्रीलंका पनि नेपाललाई हराउँदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ ।

नेपाल यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंका दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।