सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

सलमानलाई आरोपीबाट हटाउन अदालतको आदेश

दैनिक नेपाल २०८१ जेठ २९ गते १५:५९

काठमाडौं, २९ जेठ । बलिउड अभिनेता सलमान खान लगातार बिश्नोई समूहको निशाना बनिरहनु भएको छ । समूहले लगातार अभिनेताको हत्या गर्न योजना बनाइरहेको चर्चा बाहिर आएको छ ।

गत अप्रिलमा सलमानको बान्द्रास्थित घर बाहिर फायरिङ समेत भएको थियो । घटनाका सम्बन्धमा क्राइम ब्रान्चले अनुज थापन सहित फायरिङमा संलग्न दुई आरोपी विक्की गुप्ता र सागर पाललाई गुजरातबाट पक्राउ गरेको थियो ।

यद्यपि मे १ मा अनुजको प्रहरी हिरासतमै मृत्यु भएको थियो । उहाँको शव क्राइम ब्रान्चको शौचालयमा भेटिएको थियो । घटनापछि अनुजकी आमा रीतादेवीले सलमानविरुद्ध उजुरी दर्ता गराउनु भएको थियो । अहिले अदालतले सुनुवाइका क्रममा सलमानको नाम उजुरीबाट हटाउन आदेश दिएको छ ।

गत सोमबार न्यायधीश रेवती ढेरे र श्यामचन्दको बेन्चले सलमानको नाम उजुरीबाट हटाउने फैसला गरेको छ । ‘उहाँको नाम उजुरीबाट हटाउनु । यो मामलामा सलमानविरुद्ध केहीपनि छैन भने उनलाई प्रतिवादी बनाउनुको अर्थ के ?’ आदेशमा भनिएको छ । ‘तपाईं आफ्नो छोराको मृत्युबाट चिन्तित हुनुहुन्छ । यसलाई अदालतले हेर्नेछ । तर उजुरीमा प्रतिवादी बनाउनुको कुनै अर्थ छैन’, आदेशमा उल्लेख छ । अनुजलाई अप्रिल २६ मा पञ्जावबाट आरोपीलाई हतियार उपलब्ध गराएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले अनुजले आत्महत्या गरेको भने पनि उनकी आमा रीताले भने छोराको आत्महत्या नभइ हत्या भएको दावी गर्दै आउनु भएको छ । उहाँले यो मामलामा सीबीआईबाट अनुसन्धान हुनुपर्ने माग गर्नुभएको थियो । उजुरीमा अनुजमाथि प्रहरीले हिरासतमा धेरै कुटपिट गरेको र यातना दिइएको उल्लेख थियो ।

प्रतिक्रिया
सम्बन्धित