
पोखरा, २९ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे) लाई नियुक्त गर्नुभएको हो ।
उहाँहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्विप जारी भए पनि मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिनुभएको थियो ।
मनांगे भने गण्डकीमा छैटौँ पटक मन्त्री बन्नुभएको हो । कांग्रेसका टेकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यस अघि नै नियुक्त भइसक्नु भएको छ ।









प्रतिक्रिया