सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

दैनिक नेपाल २०८१ जेठ २९ गते १३:२०

काठमाडौं, २९ जेठ । सरकारले प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ ।

संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।

अहिले संसदमा विनियोजन विधेयकमाथि मन्त्रालय गत छलफल आजदेखि सुरू हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित