९ श्रावण २०८३, शनिबार

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- गिरीबन्धुको फाइल कहिले खुल्छ ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गर्नुभएको छ ।

संसदमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न गर्नु भएको हो । सांसद शाहीले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्सको पनि फाइल कहिले खुल्छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले जीबी राई ठुलो की सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउँदै सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गर्नुभयो ।

‘उहाँले भन्नुभयो–आकासमा भए पनि पातालमा भए पनि जीबी राईलाई खोजेर ल्याउछु भनेर गृहमन्त्रीले भन्नु भएको थियो, कहिले ल्याउनुहुन्छ, हामीले हेरेर बसेका छौं ।,’

सांसद शाहीले सुदूरपश्चिमकी चेली निर्मलाका हत्याराको कहिले पत्ता लाग्छ ? भन्दै गृहमन्त्रीलाई प्रश्न गर्नुभयो ।

Skip This