सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०८१ जेठ २९ गते ११:१५

काठमाडौं, २९ जेठ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको हो । यसअघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित