२६ असार २०८३, शुक्रबार

नेशनल लघुवित्तको ४१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।