सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

टी-२० विश्वकप : आज क्यानडा र पाकिस्तान भिड्दै

दैनिक नेपाल २०८१ जेठ २९ गते ६:५८

काठमाडौं, २९ जेठ । आइसीसी टी-२० विश्वकपअन्तर्गत आज एक खेल हुँदैछ । आज समूह ‘ए’अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुँदैछ ।

न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ ।

त्यस्तै, पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित