१५ कार्तिक २०८३, आइतबार

विमानस्थल बन्द गरेर विपद् उद्धार तालिम सम्पन्न (तस्वीरहरू)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ। त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनाभए कसरी उद्धार गर्ने भन्ने सम्बन्धी अभ्यास सम्पन्न भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाइउडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धी सबै निकायहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

एयरपोर्ट अपरेशन डिपार्टमेन्टका निर्देशक एवं एयरपोर्ट प्रवक्ता सुवास झाले यो अभ्यास अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेक दुईवर्षमा सम्पन्न गर्ने जानकारी दिनुभयो । उहाँले विमानस्थलमा आपत्तकालिन अवस्थामा सम्बन्धीत विभिन्न निकायले आफ्नो काम प्रभावकारी रुपमा गर्न सक्छन् कि सक्दैँनन् भन्ने जाँच गर्नको लागि एयरपोर्ट इमरजेन्सी प्लान अनुसार हुने गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो तालिम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेका दुइ वर्षमा पूर्ण कौशल आपतकालीन अभ्यास (फूल स्केल इमर्जन्सि एक्सर्साइज) गर्नुपर्ने हुन्छ । जसमा विमानस्थलमा आपत्तकालिन अवस्थामा कुनै घटना भयो भने, त्यो अवस्थामा हाम्रो विभिन्न निकायले आफ्नो काम प्रभावकारी रुपमा गर्न सक्छन् कि सक्दैँनन् भन्ने जाच गर्नको लागि हाम्रो एरपोर्ट इमर्जन्सि प्लानमा सबैलाई काम दिइएको छ त्यो अनुसार सबैले काम गर्नु हुन्छ कि नाइ भनेर जाँच गर्नको लागिपनि यो एउटा काल्पनिक घटनालाई परिकल्पना गरेर त्यसमा कसरी उद्धार गर्ने भनेर तालिम गरेको हो ।’

दिउँसो १ बजेदेखि साढे १ बजेसम्मकालागि विमानस्थल बन्द गरेर अभ्यासको आयोजना गरिएको हो । अभ्यासको अवलोकन गर्न पर्यटनमन्त्री हितबहादुर तामाङ लगायत अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।