
काठमाडौं, २८ जेठ । सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ पर्नु भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उहाँहरूलाई आज पक्राउ गरेको हो । धितोभन्दा धेरै ऋण प्रवाह गरेको पाइएपछि उहाँहरूलाई पक्राउ गरिएको जानकारी दिइएको छ ।
यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ।








प्रतिक्रिया