
अर्घाखाँची, २८ जेठ । नेकपा (एमाले) अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन हुनु भएको छ ।
शनिबारदेखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन हुनु भएको हो ।
यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भने निर्वाचन भएको छ । उपाध्यक्ष पदमा शम्भु पोखरेल ३२४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रेम नारायण गैरेले १९९ मत प्राप्त गर्नूभयो ।
यस्तै उप–सचिवमा खगिस्वर पन्थीले ३१४ मत प्राप्त गर्दै विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी श्रीकृष्ण भुसालले १८९ मत प्राप्त गर्नुभयो । यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला बिक ३४८ मतसहित विजयी हुनु भएको छ ।








प्रतिक्रिया