
काठमाडौं, २८ जेठ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर आज आइतबारको तुलनामा स्थिर छ । डलर आज एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ ।
यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसामा झरेको छ । आइतबार युरो एकको खरिददर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसामा कारोबार भएको थियो ।
आज बेलायती पाउण्ड पनि घटेर आएको छ । पाउण्ड आज एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ । हिजो पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा पुगेको थियो ।
यस्तै, कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया