
भरतपुर, २७ जेठ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहास्थित विभिन्न होटेल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश-५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आवद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सम्झौताअनुसार ग्राहक तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवासमा ८ प्रतिशतदेखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
“बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटिएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण भरतपुर विभिन्न प्राकृतिक छटाले रमणीय पर्यटकीय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा, देवघाटधाम जस्ता रमणीय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।
प्रभु बैंकसँग सहभागी होटेलहरूको सूची निम्नअनुसार समावेश छः
Hotel Aikawa Inn(Four Star Hotel), Sapana Village Lodge, Siddartha Villas Banbas,Chitwan (Hotel Banbas Chitwan ),Hotel Wildlife Camp, Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel, Hotel Royal Safari, The Park Century Hotel(Villagio Restaurent and Hotel), Travellers Jungle Camp, Hotel Mirage, Open Sekuwa Corner, River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge, Royal Tiger Luxury Hotel.









प्रतिक्रिया