सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

यी स्टार फुटबलरले गुमाउने भए युरोकप

दैनिक नेपाल २०८१ जेठ २७ गते १०:०६

काठमाडौं, २७ जेठ । यही जुन १४ बाट युरोपको फुटबलको महाकुम्भ युरोकप सुरु हुँदै छ । जर्मनीमा हुने यस युरोकपमा युरोपका २४ देशले भाग लिँदै छन् ।

युरोकप आउन अब एक सातामात्र बाँकी रहदा धेरै उच्च प्रोफाइल फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन् । केही खेलाडीहरू चोट र निलम्बनका कारण तथा केही खेलाडीहरु राष्ट्रिय टिममा छनौट हुन नसकेका कारण युरोकपमा नदेखिने भएका हुन् ।

मिनी विश्वकप भनिने युरोकप गुमाउने सबै भन्दा ठूलो नाम बेल्जियमका चर्चित गोलकिपर थिबाउट कर्टिओस रहेका छन् । राष्ट्रिय टिमका प्रशिक्षकसँगको विवादका कारण उनी यस युरोकपमा देखिने छैनन् ।

त्यस्तै, स्पेनका मिडफिल्डर गाभीले पनि इन्जुरिका कारण यस युरोकप गुमाउने भएका छन् ।

त्यस्तै, युरोकपको आयोजक रहेको जर्मनीका स्रेगी ग्नाब्रीले पनि इन्जुरिका कारण यस युरोकपमा नखेल्ने भएका छन् । उनी राष्ट्रिय टिममा कहिले फर्किन्छन भन्ने पनि अनिश्चित रहेको रिपोर्टमा बताइएको छ ।

त्यस्तै, म्यानचेस्टर सिटीबाट खेल्ने स्टार मिडफिल्डर ज्याक ग्रीलिश पनि यस युरोकपमा नदेखिने भएका छन् । उनी इङल्याण्डको टिममा पर्न असफल भएका छन् ।

त्यस्तै, जर्मनीका स्टार डिफेन्डर माट्स हुमेल्सले पनि युरोकपमा नखेल्ने भएका छन् । प्रशिक्षक जुलियन नागेल्सम्यानले हुमेल्सको सट्टा एन्टोनियो रुडीगेर र जोनाथन टाहलाई प्राथमिकता दिएपछि हुमेल्सले युरोकप गुमाउने भएका छन् ।

यी बाहेक इङल्याण्डका रीच जेम्स, मार्कस राशफोर्ड, ह्यारी माग्युरे, रहिम स्टरलिङ, जोर्डन हेन्डरसन, इटालीका सान्द्रो टोनाली, नेदरल्याण्डसका जुरिएन टिम्बर, इटालीका डोमेनिको बेरार्डीले यस पटकको युरोकप गुमाउने भएका छन् ।

त्यस्तै, फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले लागूऔषध प्रकरणमा डोपिङमा परेर प्रतिबन्ध झेलेपछि युरोकप गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित