२३ असार २०८३, मंगलबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ । यो शनिबारकै मूल्य हो । शुक्रबार डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो ।

यस्तै, शनिबारदेखि नै युरो एकको खरिददर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबार युरोको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो ।

आज बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो पाउण्डको खरिददर १७० रुपैयाँ २१ पैसा र बिक्रीदर १७० रुपैयाँ ९८ पैसा रहेको थियो ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।