२२ असार २०८३, सोमबार

केपी ओलीलाई फिल्म ‘गाउँ आएको बाटो’ हेर्न आउन दयाहाङ राईको निम्तो

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । अभिनेता दयाहाङ राईले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू अभिनित फिल्म ‘गाउँ आएको बाटो’ हेर्न बोलाउनुभएको छ ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीले लेख्नुभएको स्टाटस शेयर गर्दै दयाहाङले फिल्म हेर्न निम्तो दिनुभएको हो ।

‘धन्यवाद केपी शर्मा ओली ज्यू समय मिलाएर फिल्म हेर्नुहोला हाम्रो निम्तो छ है !!!’ अभिनेता दयाहाङले लेख्नुभएको छ ।

यसअघि, अध्यक्ष ओलीले आफू फिल्मका निर्देशक नवीन सुब्बाको प्रशंसक भएको र अभिनेता दयाहाङ आफ्नो प्रिय कलाकार रहेको उल्लेख गर्नुभएको थियो ।

‘नवीन सुब्बा भन्ने बितिक्कै मलाई नुमाफुङ फिल्मको सम्झना आउँछ । म त्यतिबेलादेखि नै नवीन सुब्बाको प्रशंसक हुँ । अहिले तिनै निर्देशक नवीन सुब्बा र मेरो प्रिय कलाकार दयाहाङ राईको ‘गाउँ आएको बाटो’ फिल्म सिनेमा हलहरुमा चलिरहेको रहेछ । उहाँसँगै पशुपति राई, प्रसान राई पनि मुख्य भूमिकामा हुनुहुँदो रहेछ । समय मिल्यो भने म पनि हेर्न जान्छु । फिल्म हेरिसक्नु भएकाले कमेन्ट बक्समा प्रतिक्रिया दिनुस् न है !’ अध्यक्ष ओलीले भन्नुभएको थियो ।

फिल्म ‘गाउँ आएको बाटो’ हिजो शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ सामाजिक कथामा आधारित छ ।