
काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा पुगेको छ । शुक्रबार डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो ।
यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबार युरोको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो ।
आज बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो पाउण्डको खरिददर १७० रुपैयाँ २१ पैसा र बिक्रीदर १७० रुपैयाँ ९८ पैसा रहेको थियो ।
यस्तै, कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया