२८ असार २०८३, आइतबार

‘तँई का ठमक’मा प्रियंका र बेनिषाको हट अवतार (भिडिओसहित)

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनित नयाँ म्युजिक भिडिओ ‘तँई का ठमक’ सार्वजनिक भएको छ ।

पश्चिमेली शैलीको गीतको भिडिओमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिनुभएको छ । भिडिओमा प्रियंका र बेनिषाको हट अवतार देख्न सकिन्छ ।

गोविन्द भट्ट यस गीतका गीतकार हुनुहुन्छ भने बाबुल गिरी संगीतकार । भिडिओमा प्रियंका र बेनिषासँग दुवैको जोडी सुहाएको देख सकिन्छ ।

गीतमा संगीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ । गीतको एरेन्ज धनबहादुर गिरीले गर्नुभएको हो । गरिमा फिल्मस्ले निर्माण गरेको भिडिओ माइकल चन्दले निर्देशन गर्नुभएको हो ।

उत्सव दाहालको छायांकन रहेको भिडिओमा शिलन लम्सालको सम्पादन छ ।