
काठमाडौं, २५ जेठ । भारतीय चर्चित रियालिटी शो ‘बिगबोस’ ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने हुनु भएको छ । यसअघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ ।
जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ । यसअघि यस शो संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो ।
बिग बोसको टेलिभिजनमा प्रशारण हुने शो को लोकप्रियतालाई ध्यान दिँदै यसअघि दुई सिजन ओटीटी संस्करण बनाइएको थियो । बिगबोस ओटीटीको पहिलो सिजना अभिनेत्री दिव्या अग्रवालले जित्नु भएको थियो भने दोस्रो संस्करण युट्युबर एल्भिस यादवले जित्नु भएको थियो ।
यस सिजनमा नुपुर सेनन, तनुश्री दत्त, अनुषा डांडेकर, अहाना देओल, त्रिशाला दत्त, भाव्या गान्धी जस्ता सेलिब्रेटीले भाग लिने चर्चा रहेको छ । यस सिजनको बिगबोस ओटीटी जुन २१ देखि प्रशारण हुँदैछ ।








प्रतिक्रिया