
काठमाडौं, २५ जेठ । जारी आइसीसी टी-२० विश्वकपअन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ ।
न्यूयोर्कमा हुने यो खेल नेपाली समयअनुसार राति ८ः १५ बजेदेखि सुरु हुनेछ ।
क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।
दुवै देशबीच अहिलेसम्म ४ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २/२ खेल जितेका छन् ।
सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्वपूर्ण रहेको छ ।















प्रतिक्रिया