२३ असार २०८३, मंगलबार

‘मिस्टर नेपाल २०२४’को खोजी सुरु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । ‘मिस्टर नेपाल २०२४’को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले बिहीबार एक विज्ञप्ति जारी गर्दै मिस्टर नेपालको नयाँ संस्करणका लागि आवेदन खुल्ला भएको जनाएको हो ।

१८ वर्षदेखि २८ वर्ष ननाघेका युवाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन इसेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यलय वा सामाजिक सञ्जालबाटसमेत प्राप्त गर्न सकिनेछ ।

प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।

विज्ञप्तिअनुसार असारको अन्तिम साताबाट मिस्टर नेपालका लागि देशभर अडिसन हुनेछ । देशभर छरिएर रहेका युवाहरुलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन हुँदै आएको हो । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२४’ वा ‘मिस्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगद पुरस्कार र विभिन्न गिफ्टसमेत जित्न सक्नेछन् ।

देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।

प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागिसमेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।

यसवर्षको प्रतियोगिता विगतको भन्दा भव्य हुने र त्यसको तयारमिा आफू जुटिसकेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगीताको विगतका विजेताले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारसमेत नेपाल भित्र्याउन सफल रहेका छन् ।