२३ असार २०८३, मंगलबार

नेपाल डिस्टिलरीजलाई तीन प्रतिष्ठित मेडल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेपालको पहिलो र अग्रणी डिस्टिलरी, द नेपाल डिस्टिलरीज प्रालिले स्पिरिट उत्पादनमा आफ्नो विश्वव्यापी स्तर र परिचय कायम गर्दै तीन वटा प्रतिष्ठित पदक (मेडल)हरू प्राप्त गरेको छ ।

कम्पनीले ‘इन्टरनेस्नल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ (आइडब्ल्यूएससी) अवार्ड २०२४, डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर (रजत) र दुई ब्रन्ज (कांस्य) मेडल प्राप्त गरेको हो ।

आइडब्ल्यूएससी अवार्ड एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो, जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ ।

द नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन ‘खुकरी एक्सएक्सएक्स रम’ले ८८ अंकसहित ‘ब्रन्ज मेडल’ प्राप्त गरेको छ । मौलिक नेपाली स्वादसहितको ‘खुकरी स्पाइस्ड रम’लाई ८९ अंकसहित ‘ब्रन्ज मेडल’ प्रदान गरिएको छ । साथै, अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको छ । ‘आइडब्ल्यूएससी’ को नौ सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी हुनुहुन्थो ।

उहाँ हाल नेपालमा खुकुरी रम उत्पादन९शील्प तथा अद्वितीय स्वादको पहिचान गर्दै नेपाली रम(संस्कृतिका निम्ति प्रबर्द्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिरहनुभएको कम्पनीले जनाएको छ ।

कम्पनीका महाप्रबन्धक सुभास लामिछानेले अवार्डबारे उत्साह जनाउँदै भन्नुभयो, ‘द नेपाल डिस्टिलरीजको स्थापनाकालदेखि नै हामीले प्रिमियम स्पिरिट उत्पादनका लागि उच्चकोटीको सामग्री, उच्चस्तरको प्रक्रिया, अत्याआधुनिक प्रविधि र उत्कृष्ट उत्पादन-शील्पको निरन्तर उपयोगमा समर्पित छौँ । यो प्रतिष्ठित अवार्डले हाम्रो यही लगाव र कुशलतालाई मान्यता दिएको छ र विश्वमाझ नेपाली स्पिरिटको गुणस्तरलाई चिनाउने माध्यम बनेको छ । यसले हामीलाई उत्साहित त बनाएको छ नै । साथै विश्वस्तरको स्पिरिट उत्पादन गर्ने हाम्रो भिजनमा दृढ रहन अझै प्रेरणा दिएको छ । हामी हाम्रो विश्वभरका सम्मानित ग्राहकहरू माझ यो नयाँ उपलब्धीको खुसीसहित आभार व्यक्त गर्न चाहन्छौँ जसको निरन्तर साथ र दोहोरो प्रतिक्रिया हाम्रो उत्पादनको सफलताको लागि अपरिहार्य थियो ।’