१६ असार २०८३, मंगलबार

एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन शनिबारदेखि

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेकपा (एमाले) काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि सुरु हुने भएको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६ र २७ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिनु भएको हो ।

उहाँकाअनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुनेछ । २७ गते काठमाडौं बैंक्वेटमा बन्द सत्र हुने छ । बन्दसत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको जानकारी उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले बन्द सत्रबाट नयाँ नेतृत्व छनोटको प्रक्रिया अवलम्बन गर्नेछौं । त्यतिखेरसम्म हाम्रा प्रतिवेदनहरुमाथि छलफल गरेर पारित गरिसक्ने छौं । यो बन्दसत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरेका छौं ।’