२२ असार २०८३, सोमबार

व्यास नगरपालिकाको पुनःमतगणना गर्ने फैसलाविरुद्ध सर्वोच्चमा रिट दायर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । तनहुँको व्यास नगरपालिकाको मतगणना पुन: गर्न उच्च अदालत पोखराको आदेशविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको हो । दीपकराज जोशीको रिटको फैसला सुनाउँदै उच्च अदालतले गत जेठ १ गते असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

तर, उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको फैसला बदर गर्न माग गर्दै मेयर न्यौपानेले आज सर्वोच्चमा रिट दायर गर्नु भएको हो ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मेयर न्यौपाने जोशीलाई पराजित गर्दै मेयर निर्वाचित हुनुभएको थियो । जोशीले मतगणनामा धाँधली भएको दावी गर्दै आउनु भएको छ ।