४ असार २०८३, बिहिबार

केही ऐन संशोधनका लागि १० मन्त्रालयबीच छलफल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ ।

यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बैठक भएको छ । कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरु गरेको बताउनुभयो । छिट्टै छलफल सकेर विधेयकलाई टुंगोमा पु¥याउने गरी काममा जुटेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौं । जुन जुन मन्त्रालयसँग सम्बन्धित विधेयकसँग छलफल जुट्न सकेको छैन । त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीज्युहरु र प्रतिनिधिरुलाई बोलाएर छलफल गरिरहेको छौं । १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले हामी मन्त्रालयसँग बसेर छलफलमा छौं । छिटै छलफल टुंग्याएर विधेयकलाई हामी टुंगोमा पु¥याउने काममा जुटेका छौं ।’