१४ असार २०८३, आइतबार

देशमा असन्तुष्टि बढ्यो, सरकार गम्भीर बनोस : सांसद खान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । जनमत पार्टीका सांसद अब्दुल खानले जनतासँग गरेको प्रतिवद्धताहरु पूरा गर्नको लागि सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ ।

विहीबार प्रतिनिधि सभाको बैठकमा उहाँले जनताको माग भनेको गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, देशभित्र रोजगारी लगायत रहेको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘नेपालमा यस्तो प्रकारको असन्तुष्टिहरु किन व्याप्त छन् । जनताको आवश्यकता के हो, चाहना के हो ? यदी हामीले जनताहरुसँग सोध्ने हो भने उहाँहरुको चाहना गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, छिटो छरितो सेवा, देशभित्र रोजगारी, कार्यालयहरुमा छिटो काम, शान्ति, मलको व्यवस्था लगायतका माग छन् । यसमा गम्भीर भएर सोच्नुपर्छ ।’

यस्तै, उहाँले हाल देशको अवस्था दयनीय र जर्जर रहेको भन्दै चारैतिर असन्तुष्टिहरु बढेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाल देशको अवस्था दयनीय र जर्जर छ । चारैतिर असन्तुष्टिहरु व्यापक छन् । देशको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सिमित छ । कुल उत्पादनमा उद्योग क्षेत्रको योगदान झन् घट्दै १२ प्रतिशतमा पुगेको छ । कुल ग्रार्हस्थ्य उत्पादनको अनुपातमा आप्रवाह २२.७ प्रतिशत रहेको छ भने तिर्न बाँकी कुल ऋण ४१.२ प्रतिशत रहेको छ । आप्रवाह ठूलो भएका देशहरुमा नेपाल ११ औं स्थानमा छ ।’