२५ असार २०८३, बिहिबार

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- गिरीबन्धु प्रकरणको फाइल खोल्न तयार हो कि होइन ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेपाली काङ्ग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्री तयार हो कि होइन ? भन्दै प्रश्न गर्नुभएको छ ।

विहीबार प्रतिनिधि सभाको बैठकमा उहाँले काङ्ग्रेसले ७० बिगाह जग्गा बेचेर कमीसन खाएको आरोप लागेको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री तयार हुनुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘यहाँ गृहमन्त्रीलाई खोज्न सोध्न चाहन्छु –सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्षले काङ्ग्रेसले गिरीबन्धुको ७० विगाह जग्गा बेचेर कमीसन खायो भनेर जे आरोप लगाउनु भएको छ । त्यसमाथि अनुसन्धान गरेर काङ्ग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? मलाई थाहा छ खोल्न होइन, उहाँ बोल्न पनि सक्नुहुन्न ।’

गिरीबन्धु प्रकरणको बारेमा काङ्ग्रेसले केही टिप्पणी नगर्दा पनि पूर्वप्रधानमन्त्रीले काङ्ग्रेसले कमीसन खाएको आरोप लगाएको भन्दै झुठो आरोपप्रति प्रतिवाद गर्दा काङ्ग्रेसले बन्देज अनुभूति गर्नुपर्ने कुरा मान्य नभएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गर्यो, काङ्ग्रेसबाट त्यसबारे कुनै टिप्पणी भएको थिएन । हामी कसैले पनि पूर्वप्रधानमन्त्रीज्यू तपाइँको नेतृत्वको सरकारले गरेको निर्णयलाई अदालतले नीतिगत भ्रष्टाचारको दायरामा ल्याएर उभाएको छ । हामी बोलेकै थिएनौं । तर उहाँले काङ्ग्रेसले गिरीबन्धुको ७० विगाह जग्गा बेचेर कमीसन खायो, के यो आरोप सही थियो ? यसरी आरोप आएपछि हामीले मौन धारण गर्न नसकेर प्रतिवाद गरेको हो ।’