३१ जेष्ठ २०८३, आइतबार

अष्ट्रेलियाले ओमानलाई दियो १६५ रनको लक्ष्य

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले ओमानलाई १६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।

अष्ट्रेलियाका मार्कस स्टोइनिसले ६६ रनको नटआउट अर्धशतकीय पारि खेले । उनले ३५ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए ।

यसैगरी, डेभिड वार्नरले पनि ५१ बलमा ५६ रनको अर्धशतकीय पारि खेले । उनले १ छक्का र ६ चौका प्रहार गरेका थिए । ट्राभिस हेडले १२ रन बनाउँदा कप्तान मिचेल मार्सले १३ रन बनाए । ग्लेन म्याक्सवेल गोल्डेन डकआउट हुँदा टिम डेभिडको ब्याटबाट ६ रन आएको थियो ।

ओमानका मेहरन खानले २ विकेट लिँदा विलाल खान, कलिमुल्लाहले १/१ विकेट हात पारे ।